इक्यानको निर्वाचन भोलिः अध्यक्ष प्रकाश पाण्डेले गरे शेषराज समूहलाई समर्थन

असार २९, काठमाडौँ । शैक्षिक परामर्श संघ (इक्यान) को भोलि (असार ३०) हुने निर्वाचनमा वर्तमान अध्यक्ष प्रकाश पाण्डेले शेषराज भट्टराईको समूहलाई समर्थन गर्ने घोषणा गरेका छन्।

शनिबार हुने इक्यान निर्वाचन–२०८० का लागि शेषराज भट्टराई समूहले आफ्नो दुई वर्षे कार्ययोजना प्रस्तुत गरेको छ। भट्टराई समूहले बिहीबार उम्मेदवार परिचय कार्यक्रम गर्दै आफ्नो चुनावी कार्ययोजना प्रस्तुत गरेको हो। वर्तमान अध्यक्षको समर्थन मिलेसँगै यो समूहको सम्भावना बलियो बनेको छ। संघको महासचिव र उपाध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका भट्टराईले आइतबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए।

इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउन आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ। भट्टराई अर्विट इन्टरनेशनलका सञ्चालक हुन्। त्यस्तै शेषराज भट्टराईको समूहबाट श्रीराम पौडेल, गीता सिवाकोटी (गीतान्जली) र दयाराम थापा उपाध्यक्षका उम्मेद्वार बनेका छन् । महासचिव पदको उम्मेद्वारमा दिपकराज भुशाल, सचिव पदमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा आशिष कार्की र सह–कोषाध्यक्ष विकल्पराज पौडेलले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै केन्द्रीय सदस्य पदका उम्मेद्वारहरुमा गोविन्दलाल खनाल, हेमराज थापा (जीवन गोदार), रमेश लुईटेल, सुर्वण बस्नेत, उमा खड्का (पाठक), विजय कुमार बस्नेत, बसन्त पाण्डे, राजेश श्रेष्ठ र ई. मानेश्वर रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.