११ महिनामा एक करोडभन्दा बढीको ‘टुथपिक्स’ आयात

असार २५, काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷ ८० को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक करोड नौ लाख ९० हजार रुपैयाँको टुथपिक्स आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन १ गतदेखि २०८० जेठ मसान्तसम्ममा नेपालले उक्त टुथपिक्स आयात गरेको हो । उक्त रकममा ३३ हजार ९८५ केजी टुथपिक्स नेपाल भित्रिएको छ । चीन, भारत र थाइल्यान्डबाट नेपालले टुथपिक्स आयात गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷ ७९ को सोही अवधिमा नेपालले दुई करोड ५३ लाख ५२ हजार रुपैयाँको टुथपिक्स आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.