असारमा वाणिज्य बैंकहरूको ब्याजदर यथावत रहने

जेठ ३१, काठमाडौं । नेपाल बैंकर्स संघले असारमा बैंकको ब्याजदर थपघट नगर्ने भएको छ । मंगलबार बसेको संघको बैठकले असार महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय भएको हो ।

बैंकर्स संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो । बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । संघले जेठमा सोही ब्याजदरलाई निरन्तरता दिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.