भारतको मध्यप्रदेशमा बस खोलामा खस्दा १७ जनाको मृत्यु

वैशाख २६, नयाँ दिल्ली । भारतस्थित मध्यप्रदेशको खरगोनमा पुलको रेलिङ भत्काएर बस खोलामा खस्दा १७ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान ८ः ४० बजे बस ५० फिट अग्लो पुलबाट खसेको हो। दुर्घटनामा मत्यु भएका १७ जनामध्ये ३ बालबालिका र ६ महिला छन्। बस डोङ्गारगाउँ र दसंगा बीचको बोराद खोलाको पुलको रेलिङ फुटाएर खोलामा खसेको हो। खोलामा पानी भने थिएन। दुर्घटनाामा घाइते ३५ जनालाई अस्पताल लगिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.