सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

फागुन ११, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार उक्त सुन तोलाको एक लाख तीन हजारमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.