‘ब्राह्मण’

ब्राह्मण जसको काम
शास्त्र पढेर कर्म गराउने हो।
समाजमा उ पण्डित, पुरेत
देखि टपरे नामले चिनिन्छ ।
राज्यले ब्राह्मण लाई कोटा दिन सकेन
समावेशी बनाउन
तर कर मा छुट दियो
किनकि ब्राह्मणले आफ्नो व्यवसाय दर्ता गर्नु पर्दैन
तथा दक्षिणा आएको धन सम्पत्तिको
आयकर तिर्नु पर्दैन ।
यो नेपालको प्रसङ्ग हो ।

अब थोरै बुझौं ब्राह्मणलाई
शास्त्रले ब्राह्मणलाई धर्मको डोरीले बाँधेको छ
उसले नित्य स्नान गर्नुपर्छ
पानी चढाउनु पर्छ
व्रतबन्ध गरेकाले गायत्री जप गर्नु पर्दछ
भात खाने बेलामा अप्सनी चढाउनु पर्दछ
जनै अनिवार्य रूपमा लगाउनु पर्दछ
मन्त्रहरू निद्राबाट उठे देखि
सुत्ने बेलामा मिठो निन्द्रा लागोस भन्न पनि चाहिन्छ
अनि दैनिकीमा
यजमानको काम पर्दछ ।
मन्त्र कण्ठ गर्न कठिन त छ नै
उच्चारण शुद्ध पनि हुनु पर्दछ
धर्म अनुसारले
कर्मकाण्ड गराउँदा
दुना र टपरीको अवस्थित दिशा, संख्या देखि
कुन दुना र टपरिलाई कति बेला
कुन सामग्रीले
कसरी पुजा गर्नु भन्ने विधि पनि कण्ठस्थ हुनु पर्दछ ।
त्यसैले गर्दा
ब्राह्मण बन्न कठिन छ
ब्राह्मण बनेर दैनिक कर्मकाण्ड गराउन झन कठिन छ
सायद त्यसैले राज्यले ब्राह्मणलाई
कर छुट योजना ल्यायो
उसले त ब्राह्मणले पनि कर तिर्नु पर्छ भनी
व्यक्तिगत स्थाई लेखा नम्बर अनिवार्य बनाउन
निवेदन लेख्यो
राजस्व चुहावट रोक्न
स्वयं ब्राह्मण भएर।

यो उसको निजी विचार हो
आफ्नो मत
पोस्ट बक्स नम्बर १ गौरादह झापामा
जो कोहीले पनि दिन सक्नु हुन्छ।

 

– रचनाः  अर्जुन दहाल

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.