पुस १४, काडमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजीको ७.३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको सात प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिएको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अबको वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

