सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो

कात्तिक २०, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार तोलाको ९३ हजार १०० मा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको ९४ हजारमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर तोलाको एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.