नाडा ईभी एक्स्पो २०२२ आयोजना हुने

भदौ २७, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले नाडा ईभी एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । सिएट टायरको प्रयोजनमा एक्स्पो हुन लागेको हो ।

विद्युतीय सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ । उक्त एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने नाडाले जनाएको छ । एक्स्पोमा सात वटा ब्रान्डका चार पाङग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा ब्रान्डका दुई पाङ्ग्रे, तीन वटा ब्रान्डका टायर, दुई वटा ब्रान्डका ब्याट्री, नौ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा चार वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ । एक्स्पोले नेपालमा विद्युतीय सवारी साधन बारेमा जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक सहयोग पुग्ने आयोजकले जानकारी दिएको छ ।

एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्स्योरेन्सका स्टलहरु रहने छन् भने एक्स्पोसम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । एक्स्पोमा सहभागी हुनको लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । खल्ती एपबाट टिकट लिन सकिन आयोजकले जानकारी दिएको छ । उक्त एक्स्पो असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.