सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो

भदौ २७, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रहेकोमा सोमबार ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ रहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो । सुनको मूल्य घटे पनि सोमबार पनि चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएको छ । महासंघले सोमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.