भदौं ५, काठमाडौँ । भाइरल कुल्फिवालाको म्युजिक भिडियो नै सार्बजनिक भएको छ । सबैले कुल्फिवाला भनेर चिने पनि उनको वास्तविक नाम मन कुमार राई हो। बौद्ध नयाँबस्ती, जोरपाटी क्षेत्रमा दैनिक जसो भेटिने उनि अन्य कुल्फी बदाम वाला भन्दा फरक छन ।

नाँच्दै, गाउँदै दिनभर कुल्फि बेच्दै आफ्नो गुजारा चलाएका मनकुमार राईको आफ्नो छुट्टै बाध्यता छ । गलैचा बुन्ने काम गर्दा गर्दै मुटटु रोगले सताएपछि उनी स्वास्थ्यलाई स्वस्थ लाख्नका लागि उक्त पेसा अपनाएको छ । मनकुमार राईलाई कलाकार विल्सन बिक्रम राईले भेटिएपछि उनलाई नै अभिनय गराएर म्युजिक भिडियो तयार पारेका छन । उक्त गितमा स्वर मन कुमार राई र विल्सन बिक्रम राई दुवैको रहेको छ । तक्मे बुडा बनेर विल्सन बिक्रम राईले अभिनय पनि गरेका छन।
भिडियो हेर्नुस्

