त्रिवि र अनसनरत अनेरास्ववियुबीच ११ बुँदे सहमति

साउन ३, काठमाडौं । अनसनरत नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र त्रिभुवन विश्व विध्यालयबीच सहमति भएको छ।

असार २८ गतेदेखि त्रिवि परिसरमा अनसनरत अनेरास्ववियु र त्रिवीबीच ११ बुँदे सहमतिपछि सोमबार अनेरास्ववियुले अनसन तोडेको छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार आफूहरूले उठान गरेका माग कार्यान्वयन गर्ने त्रिविले प्रतिवद्धता जनाएको छ।

स्ववियु निर्वाचनबारे भदौसम्म छलफल गरी सरकारको समन्वयमा चुनाव गर्ने सहमति पनि भएको छ । क्याम्पसहरूले लिने शुल्क समायोजन र पाठ्यक्रम परिमार्जनका लागि सुझाव दिन १५ दिनभित्र कार्यदल गठन गरी पुसभित्र कार्यान्वयन गर्ने सहमति पनि भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.