न्युयोर्क । क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्कले आयोजना गरेको महिला स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

गत शनिबार जुलाई १६ का दिन न्युयोर्कको क्विन्स, ज्याक्सन हाईट्समा क्विन्स केटिएम लायन्स क्लबको आयोजनामा महिलाहरुकोस्वास्थ्य सम्बन्धि कार्यक्रम “महिला स्वास्थ्य सचेतना” कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा केही पुरुष सहित २० जनामहिलाहरुको सहभागिता रहेको थियो । जापानिज नागरीक प्रो.डा. मासाको तानाकाले नेपाली भाषामा नै शिक्षा प्रदान गरेका थिय ।उनले आफु केही बर्ष नेपालमा बिताएको अनुभब सुनाउदै रमाईलो तरिकाले उपस्थित सहभागिहरुलाई नेपाली भाषामा नै महिला प्रजनन, गर्भपतन र यस्का फाईदा बेफाईदा बारे जानकारी गराएका थिय ।

प्रो. डा. मासाको तानाकाकी सहयोगी अनिता परियारले तानाका र आयोजक बिच बिशेष समन्वयको लागी सहयोग गरेकी थिईन् ।
क्लबकी सचिब लायन करुणा श्रेष्ठले संचालन गरेको कार्यक्रममा क्लबका चार्टर्ड अध्यक्ष लायन रुद्र पुन, चार्टर्ड कोषाध्यक्ष रुपा शाह रक्विन्स बुद्ध लायन्स क्लबका अध्यक्ष बिक्की पुलामीको आतिथ्यता रहेको थियो । भने कार्यक्रमको अन्त्यमा समापन मन्तब्य दिदैक्लबकी अध्यक्ष रश्मी श्रेष्ठले कार्यक्रम र महिला स्वास्थ्य सम्बन्धि दिन खोजिएको शिक्षाको महत्व बारे स्पष्ट पार्दै पाल्नु भएकाअतिथी, सहभागी र शिक्षा प्रदान गर्ने बिज्ञलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिय ।

