३.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

असार २८, काठमाडौं। जेठ महिनामा नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो बर्षको सोही अवधिमा १२.६ प्रतिशतले बढेको रेमिट्यान्समा यस बर्ष भने संकुचन आइरहेको छ। जेठ मसान्तसम्म नेपालमा कुल ९०४ अर्ब १८ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यंक छ।

त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा२०८.३ प्रतिशतले वृद्धि भई २,५९,०९१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१  प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई रु. १००६ अर्ब ७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.