असार २०, काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सोमबारदेखि आईपीओ बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

