नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको चेतावनी

असार ७, काठमाडौं । हवाई क्षेत्रका दीर्घकालीन समस्या समाधानको माग गर्दै वायु सेवा सञ्चालक संघ नेपालले आन्दोलन घोषणा गरेको छ । संघले तत्काल माघ सम्बोधन नभए बुधबारदेखि नियमित उडान रोक्ने चेतावनी दिएको छ ।

पाँच बुँदे माग अघि सार्दै सम्बोधन नभएसम्म उडान रोक्ने संघले आज पत्रकार सम्मेलन गर्दै घोषणा गरेको हो । यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिन संघले आग्रह गरेको छ । संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउन सरकारले तत्काल पहल गर्नुपर्नेलगायत संघले माग गरेको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको एभिएशन उद्योगले आफ्नो फाइदाभन्दा माथिको सेवा दिए पनि सरकार र प्राधिकरणले इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखाएको आरोप लगाए । उनले प्राधिकरणले भनेका कुरालाई मान्दा पनि ट्रक, टेम्पो व्यवसायीलाई गरेजस्तो व्यवहार वायुसेवा सञ्चालकसँग गरेको बताए । उनले भने, “पोखरा र भैरहवामा रहेको विमानस्थलको घाटालाई पूर्ति गर्न नागरिकमाथि भारी बोकाइएको छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.