माइती नेपालमा एनएमबि बैंकको वित्तीय साक्षरता

जेठ ६, काठमाडौं । एनएमबि बैंकले माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । साक्षरता कार्यक्रममा माईती नेपालका ५३ जना दिदीबहिनीहरू सहभागी थिए ।

बैंकको लघुवित्त विभागले आयोजना गरेको कार्यक्रममा सहभागीलाई बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालासहित बैंकका कर्मचारीहरूको सहभागिता थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.