शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको उपाध्यक्ष चयन

चैत ३०, काठमाडौं । नेपाल व्यवस्थापन संंघ (म्यान) को प्रथम उपाध्यक्षमा डा. सुरेन्द्र कुमार गोयल चयन भएका छन् । गोयल शिवम् सिमेन्ट्सका अध्यक्ष हुन् । संघको बुधबार बसेको बैठकले गोयललाई प्रथम उपाध्यक्षमा चयन गरेको हो ।

संघको गएको चैत्र २६ गते काठमाडौंमा ४१औँ वार्षिक साधारण सभामा संस्थागत समूह तर्फबाट शिवम् सिमेन्ट सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जना बोर्ड सदस्यमा निर्वाचित भएका थिए । संघको अध्यक्षमा उपेन्द्र पौड्याल र गोयल प्रथम उपाध्यक्षमा गोयल चयन भएका हुन् । यसअघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.