न्युयोर्कको ब्रुकलिनमा रेल भित्र गोली चलाई फरार रहेको ब्यक्तिको पहिचान भएको छ

 

 

न्युयोर्क । न्यूयोर्कको ब्रुकलिन स्थित ३६ स्ट्रिट भूमिगत रेल भित्र गोली हानि फरार रहेको व्यक्तिको पहिचान भएको न्युयोर्क प्रहरीबिभागले जनाएको छ ।

फ्रान्क जेंम्स भएको पुष्टी भएको छ भने अझै उनि फरार रहेका छन् ।

अप्रिल १२,२०२२  (मंगलबार) बिहान ८:३० बजे ब्रुकलिन भूमिगत रेल भित्र अन्धाधुन्ध गोली चलाउने ब्यक्ति फ्रान्क जेम्स भएको पुष्टीगरेको छ । रेल भित्र गोली चलाउनु भन्दा पहिले टिनको बट्टाबाट बिस्फोट गराई अन्धाधुन्ध गोली चलाएका थिए ।

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाऊदा १६ जना घाईते भए भने ५ जनाको अवस्था गम्भिर रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.