फागुन २७, काठमाडौ । प्याब्सन तारकेश्वर नगर कमिटीले वर्षभरि कार्यक्रम अन्तरगत नगरमा आबद्व विद्यालयहरुविच विद्यार्थीको भाषिक क्षमता विकास गर्ने अभिप्रायले शनिवार (भोली) देखि प्रथम अन्तर विधालय हिज्जे प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
शुक्रबार प्याब्सन तारकेश्वरले पत्रकार सम्मेल गरि कक्षा ९ सम्म अध्ययनरत विधार्थीहरुविच प्रतियोगीता हुने जानकारी दिएका छन् । प्रतियोगितामा तीन समूह विभाजन गरी २४ ओटा विद्यालयहरु सहभागी गरिने बताएको छ । कार्यक्रममा सहभागी विद्यालयलाई दर्ता शुल्क रु ३००० लाग्ने बताएको छ ।
आयोजक स्कुलका विद्यार्थीहरु भने सहभागी हुन नपाईने छ । त्यस्तै प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्त्वाना हुनेलाई प्रमाणपत्र र ट्रफिसहितको पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगीतामा भाग लिएका सबै विद्यालयलाई मायाको चिनो प्रदान गर्ने प्याब्सन तारकेश्वरले जानकारी दिएको छ।

