सुनको मूल्य उकालो लाग्दा चाँदी चाहिँ ओरालो लाग्यो

पुस १२, काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनको मूल्य उकालो लागेको छ भने चाँदी चाहिँ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सयले उकालो लागेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले ओरालो लागेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.