मंसिर २२, काठमाडौँ । गोकर्णेश्वथर नगरपालिका– ८ माकालबारीस्थित किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ लगायत सात जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा हारजित हुने गरी जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार २ सय २० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

