गोकर्णेश्वर माकालबारीबाट तास खलिरहेको अवस्थामा ७ पक्राउ

मंसिर २२, काठमाडौँ  । गोकर्णेश्वथर नगरपालिका– ८ माकालबारीस्थित किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ लगायत सात जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा हारजित हुने गरी जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार २ सय २० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.