सानिमा लाइफको आईपीओ भर्ने म्याद आजसम्म

साउन २४, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले साउन २० गतेदेखि कूल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गरेको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ ।

पछिल्लो समय आइपीओमा आवेदन गर्नेको संख्या २१ लाख हराहरी पुगिसकेका छन् । त्यस अनुसार कम्पनीको आईपीओमा पनि मागभन्दा बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार दिउसो साढे ३ बजेसम्म १९ लाख १८ हजार जना आवेदकले २ करोड ९९ लाख ८३ हजार कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवदेन २ अर्ब ९९ करोड ८३ लाख रुपैयाँ बराबरको छ । यसअनुसार गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउनेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.