‘स्टडी इन नेपाल’ शैक्षिक मेला हुने

साउन २९, काठमाडौं । भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा ‘स्टडी इन नेपाल’ शैक्षिक मेला हुने भएको छ । स्वदेशी शिक्षा सबैको ईच्छाु भन्ने नाराका साथ हुन लागेको स्टडी इन नेपाल फोर्थ हायर एजुकेशन फेयर यहि भाद्र १ र २ गते हुने भएको हो । नोबेल विजनेश कजेलमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको विषयमा जानकारी दिइएको हो ।

४० कलेजको स्टल रहने मेलामा व्यवस्थापन, आइटी र मानविकि संकाय अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई लक्षित गरिएको छ । स्नातक र स्नातकोत्तरमा व्यवस्थापन, आइटी र मानविकि संकायमा नेपालभित्र नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने कलेजहरु रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत जिवन लामा गोलेले भने, ८ हजार बढीले अवलोकन गर्ने मेलामा पहिलो पटक सामुदायिक विद्यालय शंकरदेवको समेत सहभागिता रहने छ ।

त्यसैगरि त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्व विद्यालय तथा विभिन्न अन्तरराष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने छ । मेलामा सहभागित मध्ये लक्कि ड्रबाट छनोट भएकाहरुले रिचार्ज कार्ड, फिल्मको टिकट, फन पार्कको टिकट, ल्यापटप उपहार समेत पाउने आयोजकले बतायो । बम्पर उपहार अन्तर्गत स्कुटी १ जनालाई पुरस्कार स्वरुप प्रदान गरिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.