डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु

असार २०, काठमाडौँ । ट्युनिशिया नजिक भूमध्य सागरमा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ । उक्त डुंगा लिवियाबाट इटली जाँदै गरेको हो ।

ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको र ८४ जनालाई उद्धार गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ । सो डुंगामा इजिप्ट, सुडान र बंगलादेशका नागरिक चढेका थिए ।

लिबियाको उत्तर पश्चिमी तट जुवाराबाट छुटेको सो डुंगा इन्जिनमा खराबीका कारण भूमध्य सागरमा डुबेको बिबिसीले जनाएको छ । सन् २०१६ को जुन महिनामा भूमध्य सागरमा एक डुंगा डुब्दा ११७ जनाको मृत्यु भएको थियो भने ३४० जनाको उद्धार गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.