सामाजिक सुरक्षा योजनामा साढे दुई लाख योगदानकर्ता सूचीकृत

असार १४, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएको जनाएको हो ।

कोषमा १४ हजार ५८० रोजगारदाता सूचीकृत भएका छन् भने ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम सङ्कलन भएको छ । सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले कोषले सञ्चालन गर्ने औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा अशक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार र आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार रुपैयाँ रकम कोषबाट दाबी भुक्तानी भएको बताए ।

त्यस्तै वृद्धावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ गरी जम्मा ११ करोड ६२ लाख रुपैयाँ कोषबाट दाबी भुक्तानी भएको उनले बताए ।

कोषले २०७७ माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भएपछि मात्रै कोषमा १ हजार ३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जनाएको छ । प्रवक्ता पन्तले आर्थिक वर्ष २०७६/०७७ भित्र सूचीकृत योगदानकर्ता कोषको आ.व. २०७६/७०७ को वृद्धावस्था सुरक्षा योजना अन्र्तगतको सङ्कलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रकमलाई कोषमा सम्वन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको बताए । सो रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा चाँडै जम्मा गरिदिनेपनि उनले बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २०७६ साल साउन १ गतेदेखि रकम सङ्कलन हुन थालेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.