तामाङ समाज अमेरिकाको अध्यक्षमा विनिता तामाङ सर्वसहमत चयन

असार १३, काठमाडौँ । तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन यही शनिवार जून २६, २०२१ का दिन न्युयोर्क स्थित क्विन्सब्रिज पार्कमा भब्य रुपमा सम्पन्न भयो। उक्त अधिवेशनबाट अध्यक्षमा विनिता तामाङ सर्वसहमत चयन  भएका छन् ।

तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशनमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सचिव भोजराज थोकर प्रमुख अतिथि थिए भने एल्म्हर्स्ट अस्पताल न्युयोर्कका बोर्ड सल्लाहकार लुईसाङ वाईवा तामाङ विशेष अतिथि थिए। आज सम्पन्न अधिवेशनबाट १५ सदस्यीय कार्य समितिको घोषणा भएको छ जसमध्ये १३ जना निर्वाचित भएका छन् भने बाँकी २ जना बोर्ड अफ डिरेक्टरहरुलाई नव-निर्वाचित अध्यक्षले मनोनयन गर्ने प्रावधान समाजको विधानमा उल्लेख गरिएको छ।

कार्यक्रममा अन्य संस्थाहरुको तर्फबाट; शेर्पा संघ अमेरिकाको पूर्व अध्यक्ष निमा शेर्पा,  शेर्पा संघ अमेरिकाको अध्यक्ष आङ जाङबु शेर्पा, तमु परिवारका अध्यक्ष मनिता गुरुङ, तमु परिवारका पूर्व अध्यक्ष डम्मरजंग गुरुङ,   दर्शन ठकुरी समाज अमेरिकाको अध्यक्ष मिलन शाही, श्यामा शेर्पा समाजको अध्यक्ष ए.पी. शेर्पा, वरिष्ठ कलाकार आङगेलु शेर्पा र बिमल डाँगी, गैर-आवासीय नेपाली संघ अमेरिकाको बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जेन शेर्पा र दुर्गेश कार्की, फिप्नाको सल्लाहकार मणि वाङदेल राई, किराँत राई सोसाइटी अफ अमेरिकाको प्रतिनिधि सुमन नाछिरिङ राई, प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरुङ र महासचिव राधाकृष्ण देउजाको उपस्थिति रहेको थियो।

तामाङ एकताको अपरिहार्यता रहेको प्रमुख अतिथि भोजराज थोकरले आफ्नो मन्तब्यमा राख्दै एकता सैद्धान्तिक एवं ब्यबहारिक हुनु पर्ने न कि कुनै व्यक्तिको लहडबाजी र सतही सोच होस् बताउनु भयो। निषेध र अहंकारले कुनै पनि एकता सम्भव नहुने र समुदायको हितको लागि पूर्वाग्रह एवं निषेधको भावना हरेक व्यक्तिले त्याग्नु पर्ने अन्यथा एकता भाषणमा मात्र सिमित रहने प्रमुख अतिथिले भन्नु भयो।

तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा उच्च स्थान प्राप्त गर्न सफल भएको प्रशंसा गर्दै उहाँले निरन्तरताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो। अबको नयाँ नेतृत्वले तामाङ एकताको लागि सहि ढंगले दिशानिर्देश गर्नु पर्ने र पुरानो नेतृत्वको गल्ती र अदुरदर्शिताबाट पाठ सिक्नु पर्ने समेत बताउनु भयो। विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा लगभग ३०० जनाको सहभागिता रहेको आयोजकले उल्लेख गरका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.