बुधबार राति १२ बजेपछि लागू हुने इन्धनको मूल्य बढ्यो : पेट्रोल १२७ पुग्यो

असार ९, काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

प्रवक्ता उपाध्यायका अनुसार पेट्रोल, जिडेल, मट्टीतेल तथा हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ बढेको छ । पेट्रोल, जिडेल, मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढेको हो। बुधबार मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १२७ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ११० रुपैयाँ भएको छ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार निगमलाई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीका आधारमा मूल्य बढेको हो । निषेधाज्ञाको समयमा भएको बिक्री परिणामको हिसाब गर्दा मूल्य बढेको अवस्थामासमेत निगमलाई १५ दिनमा ७७ करोड घाटा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । पछिल्लो तीन वर्षको अवधिको तुलनामा अहिले कच्चा तेलको मूल्य उच्च रहेको र अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुनेक्रम नरोकिँदा तेलको मूल्य वृद्धि भइरहने उनले बताए ।

‘पछिल्ला तीन वर्ष अवधिको तुलना गर्दा हाल कच्चा तेलको मूल्य उच्च रहेको छ’, प्रवक्ता उपाध्यायले भने, ‘साथै अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुनेक्रम नरोकिने र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भइरहने हो भने निगमले आगामी दिनमासमेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनुपर्ने बाध्यता आउन सक्ने देखिन्छ ।’ दुई रुपैयाँ मूल्य बढेसँगै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ८२ र अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ विक्री मूल्य अमेरिकी डलर ७३५ प्रतिकिलो लिटर कायम गर्ने निर्णय भएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.