८ अर्बको लागतमा सुन्दरीजल नागमती नदीमा बाँध निर्माण हुने

जेठ १७, काठमाडौँ । ८ अर्बको लागतमा गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल स्थीत नागमती नदीमा बाँध निर्माण हुने भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको नागमती नदीमा बाँध निमार्ण हुने पक्का भएको हो ।

केन्द्र सरकारले सो आयोजनालाई महत्वका साथ लिएर आगामी आर्थिक वर्ष ०७८÷ ७९ को नीति तथा कार्यक्रममै सम्बोधन गरेपछि बाँध निमाणर्लले तिव्रता पाउँने भएको हो । काठमाडौं क्षेत्र नम्बर ३ का पूर्व सांसद, एमाले केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण बहादुर राईको पहलकदमीमा सो बाँध निमार्णको लागी अर्थमन्त्री बिष्णु पौडेलले आयोजनालाई महत्वका साथमा राखेका हुन । बाँध लगभग १००० रोपनीमा निर्माण हुने नेता राईले जानकारी दिएका छन् । उनका अनुसार बाँध १ करोड लिटर पानी जम्मा गर्न सक्ने क्षमताको हुनेछ ।

विकास प्रेमी नेताका रुपमा परिचित अध्यक्ष राईले बाँध निमार्णबाट ४ मेगावाट बिधुत उत्पादन गर्न सकिने तथा राजधानीमा बैकल्पिक पानीको श्रोत हुन सक्ने कुरालाई ध्यानमा राखेर यो आयोजनालाई प्राथमिता दिइएको बताए । ुकाठमाडौंमा पानीको समस्या छदैछ त्यसलाई पनि सम्बोधन गर्न सकियो,बागमती जलाधार क्षेत्र संरक्षण तथा जलप्रवाहमा सुधारका लागि पनि यो आयोजना कोशे ढुगां सावित हुनेछु उनले भने ुमाननिय अर्थमन्त्री ज्यूलाई भेटेरै यसबारे जानकारी गराएको थिए,पटकपटक यसबारे उहाँसँग छलफल पनि गरे, यति ठुलो आयोजना ल्याउन सफल भयौं । यो आयोजनाले विद्युत उत्पादनदेखि काठमाडौं उपत्यकाका लागी पानी तथा सिचाईमा समेत टेवा पुग्ने विश्वास छ ।

बाँध जमिनको सतहबाट झण्डै ९० मिटर उचाईको हुनेछ । बाँध निमार्णका लागी अर्थमन्त्रालयबाट ८ अर्बको वजेटको योजना प्रस्तुत भएको छ भने आयोजन सम्पन्न हुन ५ वर्ष लाग्ने अनुमान गरिएको छ । गत चैत १४ गते नेता राईको संयोजत्वमा काठमाडौँ जिल्ला समन्वयन समिति प्रमुख,उपप्रमुख, प्रमुख जिल्ला अधिकारी,सहरी बिकाश मन्त्रालयका प्रतिनिधि,प्राबिधिक टोलीले समेत यो आयोजनाबारे अनुगमन गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.