लायन्स क्लब अफ क्विन्स बुद्ध र केटिएमको Raffle चिट्ठा कार्यक्रमको नतिजा प्रकाशित

न्युयोर्क क्विन्समा सक्रिय नेपाली लायन्स क्लवहरु Lions Club of Queens Buddha र Lions Club of Queens KTM को संयुक्त आयोजनामा मे २६,२०२१ बुधवारको दिन बेलुकी ०७:०० वजे ज्याक्सन हाइटमा दुवै क्लबका लायन्स पदाधिकारी र सदस्यहरु लगायत अन्य सामाजिक ब्यक्तित्वहरूको उपस्थितिमा राफल चिट्ठाको लक्की ड्र कार्यक्रम सम्पन्न गरिएको छ ।

लायन्स राफल चिट्ठा कार्यक्रम संयोजन समिति संयोजक लायन खड्ग बहादुर पुलामी ‘बिक्की’ का अनुसार उक्त चिट्ठाको लक्की ड्र बाट निम्नानुसारका पुरस्कार बिजेताहरू घोषित भएका छन् । १) प्रथम पुरस्कार – MacBook Pro – टिकट नम्बर – ३४८९ २) द्वितीय पुरस्कार – Iphone 12 – टिकट नम्बर – २४२४ ३) तृतीय पुरस्कार – Apple Watch Series 6 – टिकट नम्बर – २७७६ ४) सान्त्वना पुरस्कार – Apple Earpod 2nd Gen – २ जनालाई – टिकट नम्बर -२६५९ र ५५४७ उपरोक्त बिजेताहरूले पुरस्कार घोषणा भएको मितिले २ हप्ताभित्र आफुले किनेको टिकटको अधकट्टी सहित Queens KTM लायन्स क्लब वा Queens Buddha लायन्स क्लबमा सम्पर्क गर्नुपर्नेछ ।

लायन्स क्लब इंटरनेशनलको मानवीय सेवा गतिबिधि अन्तर्गत बच्चाहरूको मानसिक, शारीरिक स्वास्थ्य र शिक्षा सम्बन्धि कार्यक्रम सन्चालनको निम्ति आर्थिक स्रोत संकलन गर्ने उद्धेश्यले दुवै क्लबबाट गत ४ महीनादेखी चिट्ठा बिक्री बितरण गरिएको थियो । उक्त लक्की ड्र को फेसबुक तथा मकै हाउस TV बाट प्रत्यक्ष लाईभ प्रसारण समेत गरिएको थियो । दुवै लायन्स क्लबका अध्यक्षद्वय लायन रीमाया नेपाली र लायन रुद्र पुनको सभापतित्वमा संचालित कार्यक्रममा स्कुले बच्चाबाट चिट्ठाको लक्की ड्र गरिएको थियो ।

कार्यक्रम संयोजक लायन खड्ग बहादुर पुलामी ‘बिक्की’ ले चिट्ठा बिक्री कार्यमा सहयोग गर्नु हुने सबैमा आभार ब्यक्त गर्दै चिट्ठाको छपाई तथा अन्य कार्यमा आर्थिक सहयोग (sponsorship) गर्नुहुने नेपाली ब्यवसायिक कम्पनीहरूलाई धन्यवाद दिनुभयो भने लायन कृष्ण आचार्य र अशोक कार्कीले चिट्ठा कार्यक्रम सफल बनाऊँन नेपाली समुदायका ब्यवसायी, सामाजिक ब्यक्तित्व र समग्र लायनहरूको योगदानको प्रशंशा गर्दै यो चिट्ठाबाट संकलित आर्थिक स्रोतबाट नेपाली लायन्स क्लबले समाजमा उल्लेखनीय मानवीय गतिबिधि संचालन गर्ने अठोट ब्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै दुवै क्लबका लायन अध्यक्ष क्रमश: लायन रुद्र पुन र रीमाया नेपालीले चिट्ठा बिजेता सबैमा बधाई दिंदै भविष्यमा पनि यस प्रकारको आर्थिक संकलन (fund raising) गतिबिधिलाई निरन्तरता दिइने प्रतिबद्धता गर्नु भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.