सम्मर बहादुर बुढाथोकी, नर्थईष्टको क्षेत्रिय कमिटी चेयर पदका उम्मेदवार

दुई कार्यकाल २०१५–१७ र २०१७–१९ मा एन.आर.एन.ए. एनसिसि, अमेरीका, न्युजर्सी च्याप्टरको अध्यक्षको रुपमा कामगरीसकेका बुढाथोकीले यस् पाली भने एनआरएनए एनसिसि अमेरीकाको उत्तर पुर्विय क्षेत्रिय कमिटी चेयर पदको लागी दाबी गरेका छन् । न्युजर्सीमा बसोबास गर्ने हरेक नेपालीको दुस्खमा साथ दिने र सदैव सेवाको निमित्त तत्पर रहने बुढाथोकी लामो समय देखि एनआरएन अभियन्ताको रुपमा सक्रिय रहदै आएका छन् ।

कोभिड १९ महामारीको चरम समयमा पनि न्युजर्सीमा बसोबास गर्ने नेपाली र नेपाली बिधार्थिहरुको निमित्त स्वास्थ्य सामग्री र खाधान्न घर(घरमा पुर्याउन अग्रणी भुमीका खेलेका थिए । बुढाथोकी बिगत एक दशक देखि अमेरीकाको न्युजर्सी राज्यको एडीसनमा सम्पुर्ण परीवार सहीत बसोवास गर्दै आईरकेका छन् ।

बुढाथोकी भन्छन् “हामी प्रवासमा छौ हामीले सकेको एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्ने हो, हामीले प्रवासमा आएर पनि यो पार्टी, त्यो पार्टी र गुट भन्दै एकअर्कामा बिभाजन हुनुभन्दा एक अर्कामा हातेमालो गर्दै सहयोगी बन्दै नेपालीपन दर्शाउने हो( मैले एनआरएनए अमेरीकाको चुनावीमाहौलमा आफुलाई हुमिलाउनुको कारण हामी प्रवासमा रहने सम्पुर्ण नेपालीहरुको छाता (अभिबावकिय) संगठन भनेको नै एनआरएन संगठन हो र यो भन्दा पहीले पनि २ कार्यकाल च्याप्टर अध्यक्षको रुपमा सेवा गरीसकेकोले मेरो एनआरएन अभियानलाई निरन्तरता दिन पनी मैले उम्मेदवारी दाखिला गरेको हॅु र अमेरीकामा रहनु हुने सम्पूर्ण नेपालीहरुमा आग्रह पनि गर्न चाहन्छु, मलाई मतदान गरी अत्याधिक मतले बिजयी गराऔँ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.