खाद्यान्न पसल बन्द, तरकारी पसल बिहान ९ बजेसम्म खुल्ने

जेठ ११, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले खाद्यान्न तथा किराना पसल एकसाताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

डिपार्टमेन्टल स्टोर पनि बन्द रहनेछन् । तर तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरु बिहान ९ बजेसम्म खुला रहन पाउनेछन् । तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने तथा स्थानीय ढुवानीका हकमा बिहान ९ बजेसम्ममात्रै गर्ने व्यवस्था मिलाइएको छ।

तोकिएको तरकारी बजारबाहेक अन्य सार्वजनिक स्थल तथा बाटोमा तरकारी र फलफूल बिक्री वितरणमा भने रोक लगाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.