जेठ ३, काठमाडौँ । गतिशील , शसक्त, संस्थागत र समावेशी एनआरएन बनाउने प्रतिबद्धताका साथ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी) का वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सुवेदी र उनका सहकर्मी उम्मेदवारहरुको चुनावी आयोवा, टेनेसी लगायत राज्य र शहरहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बिहिबार, शुक्रबार, शनिबार र आइतबार आयोजित अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा अध्यक्षका उम्मेदवार सुबेदिले आफ्नो उम्मेद्वारीको कारण र योजनाहरुबारे बताएका छन्। यति मात्र होइन उनले उपस्थित र अन्य रुपमा भेटघाट भएका बखत सुझाव र सल्लाह समेत लिएका छन्। बिशेषगरि गत साताको क्यालिफोर्नियाको लस एन्जलस र सान फ्रान्सिस्कोमा दुइ भब्य कार्यक्रम गरेर पश्चिम बिटो मारेका सुवेदीले यो पटक आयोवा, टेनेसी लगायतका राज्य र शहरहरुमा भेटाघाट र कार्यक्रम उत्कृष्ट भएको बताएका छन्। सबैतिरको चुनावी कार्यक्रम सम्पन्न गरेर न्यूयोर्कबाट सुरु भएको चुनावी अभियान न्यूयोर्कमा नै ग्राण्ड फिनाले गर्ने बताउँछन् अध्यक्षका उम्मेदवार सुबेदी।
सुबेदीसँग, आइसीसी सदस्यका उम्मेदवारहरु सुरेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, सुमन थापा, डिलु पराजुली, राम हरि अधिकारी, क्रान्ति अर्याल भण्डारी (महिला तर्फ), महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ, सचिवका उम्मेदवार अनुप खनाल, तारा ढकाल मरहट्टा (महिला तर्फ), कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ, युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डे (केहि ठाउँमा) समेत उपस्थित रहेका थिए।
त्यसैगरी बोर्ड सदस्यका उम्मेदवारहरु बिशाल राना, रबि बस्नेत, प्रभात सापकोटा, सरोज सिग्देल, कुलानन्द शर्मा, प्रदिप पौडेल लगायत क्षेत्र र च्याप्टरका उम्मेदवारहरुको समेत उपस्थित रहेकको थियो।

