बैशाख २९, काठमाडौँ । करिब डेढ दशकअघि आफ्नो भविष्यको खोजी गर्दै डिभी भिसा मार्फत टेक्सास राज्यको आर्लिंगटन शहरमा प्रवेश गरेका दुई युवा हरु सरोज सिग्देल र रविन्द्र उप्रेती आसन्न निर्वाचन वर्ष २०२१ देखि २०२३ प्रत्यासीहरूको बीचमा निकै लोकप्रिय रहेका छन् ।
स्नातकोत्तरसम्म अध्ययन पश्चात अमेरिका प्रवेश गरेका यी दुई असन मित्रहरूले सुरुवाती समय साथसाथै संघर्ष गरे तापनि बरहथवा का सरोज सिग्देलले व्यवसायलाई आफ्नो जिउने आधार बनाए भने लालबन्दी का रविन्द्र उप्रेतीले अध्ययनलाई निरन्तरता दिँदै गए र हाल इन्जिनियरको रुपमा कार्यरत छन् ।
लामो समयदेखि समाजका विभिन्न गतिविधिलाई नजिकबाट नियालिरहेका यी दुई युवाहरु एनआरएनए को विषयमा पनि निरन्तर चर्चा परिचर्चा गर्दै यसका सकारात्मक र नकारात्मक पाटो हरूको निरन्तर विश्लेषण गर्ने र अग्रगामी निकासको लागि के गर्न सकिन्छ भन्ने विषयमा चिन्तन मनन गर्ने गरेका हुन्छन् । त्यसैको फलस्वरूप र नेतृत्व तहमा युवा र महिलाहरूको पनि सहभागिता वृद्धि हुनु पर्दछ तब मात्रै सस्थाले गति लिन सक्छ भन्ने मान्यतालाई साकार पार्न हाल चुनावी मैदानमा होमिएका छन् ।
सह–कोषाध्यक्ष उम्मेदवार रवीन्द्र उप्रेतीलाई लेखा तथा वाणिज्य विषयको राम्रो ज्ञान छ भने बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार सरोज सिग्देल लगानी तथा नेपालको अर्थव्यवस्था को बारेमा आफूलाई सधै अद्यावधिक राख्न रुचाउँछन् र यसैसन्दर्भमा निरन्तररुपमा लेख रचनाहरु पनि प्रकाशित गर्दै आइरहेका छन् ।
गतिशील, सशक्त र समावेशी समाज निर्माणमा युवा र महिलाहरूको सहभागिता महत्वपूर्ण रहने हुँदा हामीहरुले उम्मेदवारी दिएका हुन् तसर्थ यहाँहरूले पनि हामीलाई साथ दिन हुन्छ भन्ने विश्वास गरेका छौं । अग्रजको अनुभव संगाल्दै, परिवर्तनका संवाहक युवा र महिला हुन् भन्ने दुई उम्मेदवारलाई सशक्त र जित्ने उमेद्वारको रुपमा लिएको छ ।

