एनआरएनए अमेरीका वृत्तमा मरहठा, आधिकारिक एकताको चर्चाले निकै प्राथमिकता पाउँदै

महिला र युवा गैह्र आवासीय नेपाली राज्य समन्वय समितिमा समावेश गर्नुपर्छ भन्ने तर चिप्ला कुरा गर्दै उनीहरुलाई एकआपसमा जुधाउने र आफू सो घोषित अभियन्ता भन्नेहरूको बाहुल्यता बढिरहेको छ ।

एउटा समसामयिक प्रसंगबाट नै विषयमा प्रवेश गर्न चाहन्छु । महिला सहभागिता बढाउने हेतुले हामीले एनआरएनएमा महिला उपाध्यक्ष र महिला सचिव पद सिर्जना गऱ्यौं । तथापि यदि हामीले नव आगन्तुकहरूलाई ती पदका लागि प्रोत्साहन नगरी यस अभियानमा चीर परिचित महिलाहरू नै ती पदको दाबेदारी गर्न लाग्यौं भने के हामी हाम्रो वास्तविक उदेश्य हाँसिल गर्न सफल हौंला त ? यो सामान्य प्रतीत हुने तर निकै गंभीर प्रश्न हाम्रो सामु खडा छ ।

परिवार र समाज निर्माणमा महिला सहभागीताको महत्वपूर्ण भूमिका रहेझै संघसंस्था र राजनीतिमा पनि उत्तिकै महत्व रहेको छ । सामाजिक रुपान्तरणमा महिलाको सशक्त भूमिका रहदै आएको छ । सहभागीतामा मात्र पनि सिमित होईन महिलालाई निर्णयकसहितको नेतृत्वमा ल्याउन खाँचो छ । महिला आत्मानुशासन र पारदर्शी समाज निर्माणका पहरेदार हुन् । हरेक संघसंस्था होस् या राजनीतिक संस्थामा महिलाको सहभागीतालाई कोटाको हिसावले मात्र हेर्नुभन्दा प्रतिनिधिमूलक र निर्णयक भूमिका सहितको सहभागीतालाई जोड दिनु आजको आवश्यकता हो ।

एनआरएनएमा महिला सहभागिताको मुद्दा धेरै पुरानो मुद्दा हो । यसमा थुप्रै बहसहरू भएका छन् । हाम्रो अमूल्य समयको निकै ठूलो हिस्सा यसमा खर्च भइसकेको छ । यी तमाम प्रयत्नका बाबजूद के हामी हाम्रो लक्ष्य, हाम्रो उद्देश्यको नजीक पुग्न सफल भयौं त ? के आम दिदीबहिनीहरूले त्यो महशुस गरेका छन् त ?  अन्त्यमाः समाजसेवा र समसामाहिक परिवेश बुझेका युवा तथा महिलाहरुले एक आपसमा हातेमालो गर्दै यस संस्थालाई अगाडि बढाउनुपर्छ भन्ने उद्घोषका साथ हामी एक आपसमा सहमति गर्दै अगाडि बढ्ने निर्णय गरौ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.