आज पनि बढ्यो सुनको मूल्य

बैशाख २४, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन ११ सयले बढेको हो। यस हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको सुन बिहीबार ३ सयले नै बढेको थियो।

गत हप्ता आइतबार सुन ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो। बुधबार सात सयले घटेको सुन बिहीबार तीन सयले बढेको थियो। शुक्रबार नौ सयले घटेको थियो। आज छापावाला सुनको प्रतितोला ९१ हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्य भने आज २५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३५० मा कारोबार भइरहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.