बैशाख २४, काठमाडौँ । गैर आवासीय नेपाली संघ जोडिन चाहने साथीहरुलाई संस्थाको विभिन्न ४२ टास्क फोर्स मार्फत समेट्नु पर्दछ भन्दै समावेशी, विभिन्न विषयका ज्ञाता र युवा तथा महिलाहरूको बाहुल्यता रहेको बुद्धि सुवेदी समूह यो हप्ता टेक्सस राज्य स्थित शहरहरु डलास अर्भिगं, हियुस्टन, अस्टिन र वेको शहरहरुमा आफ्नो चुनावी प्रचार कार्यक्रम सम्पन्न गरेका छन्।
टेक्सस हाम्रो राज्य हो, हामी यहाँका राजा हौँ भन्ने साथीहरु बोलेर अथवा प्रचार गरेर भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने सोचका साथ अघि बढेका आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्धिसागर र उनका समूहसँगको साक्षात्कारपछि टेक्ससबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले भन्नुभयो – ‘अब हामी बुद्धिसागर को पक्षमा छौं ।’ हामीमाथि भ्रमको खेती गराइएको रहेछ भन्दै यो समूहको आगमनलाई कृतज्ञता व्यक्त पनि गरिएको थियो । साथै महिला एकताको ज्वलन्त उदाहरण प्रस्तुत गरेका तारा ढकाल मरहट्टा र श्रद्धा अधिकारी “महिलाको लागि महिला” भन्ने नारालाई स्थापित गरेका थिए ।
कार्यक्रममा सुवेदीका साथमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, डिलु पराजुली, सुमन थापा, राम हरि अधिकारी, महिला उपाध्यक्ष क्रान्तिको अर्याल भन्डारि , महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ, सचिवका उम्मेदवारहरु अनुप खनाल, तारा ढकाल मरहट्टा महिला तर्फ, कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ, युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डे, बोर्ड सदस्यका उम्मेदवारहरु बिशाल राना, रबि बस्नेत, सन्तोष पाहारी, प्रभात सापकोटा, सरोज सिग्देल, डाक्टर प्रकाश श्रेष्ठ, कुलानन्द शर्मा, प्रदिप पौडेल, विश्वराज बास्तोला उपस्थित रहेका थिए।
त्यसैगरी आइसीसी सदस्यका उम्मेदवार बिनोद तिवारि, सुरेन्द्र मल्ल र गोविन्द सुवेदी, नारायण कडेल, च्याप्टरक उम्मेदवारहरुको पनि साथमा रहेका थिए। सुवेदीसंगको अन्तरक्रिया कार्यक्रममा हरेक शहर दर्जनौं च्याप्टर उम्मेदवारको उपस्थितिले गर्दा कार्यक्रम बेजोड रहेको थियो। हाल सम्मकै भव्य अनि सभ्य कार्यक्रम को रुपमा परिचित डलास अर्भिगं कार्यक्रमको सभापती भगवान मैनाली गर्नुभएको थियो भने प्रमुख अतिथिमा बुद्धि सागर सुवेदी कार्यक्रम संयोजक सुमन थापा, कार्यक्रम सह संयोजक सरोज सिग्देल गर्नुका साथै कार्यक्रम संचालन को जिम्मेवारी अग्नि ढकाल सम्हाल्नुभएको थियो ।

