दुई पक्षीय लगानीको बिकास र विस्तामा केन्द्रित रहेर काम गर्ने छु – सरोज सिग्देल

करिब डेढ दशकअघि स्नातकोत्तर सम्मको अध्ययन पश्चात अमेरिकाको टेक्सस राज्यको आर्लिड़टन भन्ने शहरमा पाइला टेकेका सरोज सिग्देलको हाल तीन सन्तान र श्रीमतीका साथ म्यनस फिल्ड टेक्सासमा बसोबास गर्दै आएका छन् । आफ्नो दैनिक जीवन यापनका लागि व्यवसाय गर्दै आएका सिग्देल
लामो समयदेखि नेपालको पुँजीबजारसँग पनि प्रत्यक्ष संलग्न छन् । नेपालको अर्थतन्त्र र आर्थिक विकासमा रुचि राख्ने उहाँले निरन्तर रुपमा आर्थिक गतिविधिलाई समेट्दै लेख रचनाहरु पनि प्रकाशित गर्दै आए रहेकाछन् ।

सालिन सामाजिकअभियन्ता को छवि बनाउन सफल उनी हाल अर्भिड़ एभरेस्ट सेन्टेनियल लायन्स क्बको प्रेसिडेन्ट का साथै नेपलिज अमेरिकन चेन्बर अफ कमर्स (२०१७–२०१९) का कार्यकारी सदस्य पनि थिए । गैरआवासीय नेपाली सङ्घ सर्प सन् (२०१७–२०१९) मा हेल्प डेस्क संयोजक आर्कान्स राज्य र नेपाली प्रोडक्ट प्रमोशन कमिटीका उपसंयोजक वर्ष (२०१९–२०२१) जस्ता जिम्मेवारीहरु सफलतापूर्वक निर्वाह गर्नुका साथै स्थानीय तहका विभिन्न संघसंस्थाहरुमा सस्थापक तथा बोड अफ ट्स्टी का रूपमा समयसँग नजिक बाट जोडिदै आइरहेका छन्

अझै यस कार्यक्रमलाई निरन्तरता दिने क्रममा बिदेशमा बस्ने नेपालीहरुले आफुले मासिकरुपमा कमाएको १००, २०० र ५०० डलरलाई लगानी गर्नसक्ने वातावरण भएको खण्डमा मात्रै वास्तविक आर्थिक समृद्धि सम्भव छ र आफूलाई यस विषयमा काम गर्ने रुचि भएकाले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचन बोर्ड अफ डाईरेक्टर पदमा उम्मेदवारी दिदै साथ, सहयोग, सुझाव र समर्थन मिल्नेछ भन्ने विश्वास समेत व्यक्त गर्दछन् ।

गैर आवासीय नेपाली संघ जोडिन चाहने साथीहरुलाई सस्थाको बिभिन्न ४२ टास्क फोर्स मार्फत समेट्नु पर्ने साथै नेपालीभाषीको आर्थिक समस्या र तिनको समाधानका लागि आर्थिक एजेण्डा बोकेर चुनावी मैदानमा होमिएका सिग्देल बोर्ड अफ डाइरेक्टर पदकालागि एक प्रभावशाली र सक्षम उम्मेदवार हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.