एन.आर.एन.ए. एन.सि.सि अमेरीका २०१२– २३ को उपाध्यका लागि केसिको उम्मेद्वारी दर्ता

एन.आर.एन.ए. एन.सि.सि अमेरीका २०१२– २३ को लागी प्रविण केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । हाल गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् अन्तरगत गठित फाइनान्स कमिटी टास्कफोर्सको सह संयोजकको रुपमा काम गरीरहेका केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हो ।

प्रवास बिशेष गरी अमेरीकामा रहेका नेपालीहरुको सहयोर्थको निमीत्त सधै तत्पर रहने केसीलाई एक बौद्धिक ब्यक्तीत्वको रुपमा लिईन्छ । केसी भन्छन्, एनआरएनए एनसिसि अमेरिकालाई अगाडि बढाउन संस्थाभित्र इमान्दार, सक्षम र संस्थाको भावना बुझेका ब्यक्तीहरु आवश्यक हुन्छ, र साथै एनआरएनए अमेरिकालाई विश्वभरिका एनसिसीमध्येको उदाहरणीय र नमूना बनाउन सक्नु पर्छ । मेरो उम्मेदवारी मेरो ब्यक्तिगत स्वार्थ भन्दा पनि संस्थाको सकारात्मक स्वार्थपुर्तिको निमित्त भएकोले मैले जित्नु नै आम अमेरीकामा रहनु हुने गैर आवासिय नेपालीको जित हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.