डा. हर्क गुरूङ स्मृति भलिबल कप हुदै

बैशाख २१, काठमाडौँ । गुरुङ (तमु) सोसाईटी ईन्क यू.एस.ए. न्यूयोर्कले नेपाली राष्ट्रिय विभूति स्व.डा.हर्क गुरुङको स्मृतिमा यही आउॅदो मे महिनाको २९ र ३० गते मेमोरियल डे को अवसर पारेर वार्षिक रूपमा आयोजना गर्ने गरी ओपन भलिबल प्रतियोगिताको आयोजना गर्न गई रहेको सर्व साधरण सबैमा जानकारी गरिएको छ।

गुरूङ समुदायबाट पहिलो पि.एच.डी. गर्नु भएका भूत पूर्व मन्त्री श्री स्व.डा.हर्क गुरूङ एसियाकै प्रख्यात भूगोलविद,वातावरण संरक्षणविद,राजनीतिज्ञ,समाजसेवी, आदिबासी जनजाती अगुवा साथै खेलकूदप्रेमी हुनुहुन्थ्यो। पहिलो पटक आयोजना गर्न लागिएको यस डा. हर्क गुरूङ स्मृति कप भलिबल प्रतियोगितामा न्यूयोर्कको विभिन्न संघसंस्था, क्लब तथा छिमेकी राज्यहरूबाट समेत सहभागी हुने अपेक्षा गरिएको गुरूङ (तमु) सोसाईटी ईन्क. को वर्तमान अध्यक्ष श्री विजय गुरुङ र यस भलिबल प्रतियोगिताको संयोजक जीत गुरूङले बताउनु भयो ।

यो खेल गर्नुको उद्देश्य नेपाली समाजमा स्व.डा. हर्क गुरुङको चिनारी गराउनु र सा–साना बालवालिका किशोर किशोरीहरूले शैक्षिक स्तरोन्नती गरेर विविध विधामा उत्कृष्टता हाँसिल गरेर समाजमा अग्रणी भूमिका निर्वाह गर्दा भविष्यमा या मृत्यु पर्यन्त पनि सम्झिने रहेछन् र उनीहरूको मन मस्तिष्कमा पनि हामीले राम्रो काम गर्यो भने सबैले सम्झिने रहेछ भन्ने देखाउॅनु निमित पनी यो भलिबल प्रतियोगिता हुदैँ छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.