आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने

बैशाख ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ।

सूचना अनुसार २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ। सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ ।

यस्तै पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिनेछ। सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ। राष्ट्र बैंकले यसअघि गत चैत ३० गते २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.