चैत २८, काठमाडौँ । न्युयोर्कको क्विन्स र आसपासको क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरीकी नागरीकहरुको संयुक्त पहलमा अप्रिल ११, २०२१ दिनको ३:३० बजे आईतबार न्युयोर्क, ज्याक्सन हाईट्स, डाईभर्सिटी प्लाजामा न्युयोर्क सिटी काउन्सिल सदस्य डिस्ट्रिक्ट २५ को लागी उम्मेदवारी दिएका चिनिया अमेरीकी नागरीक ई चेन (एण्डी) को समर्थनका निमीत्त भब्य कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा नेपालीपन र नेपालीमन झल्किने प्रकारको प्रस्तुतीहरु रहने छ भने समुदायमा सकारात्मक परिवर्तनका निमित्त महत्वपुर्ण योगदान पुर्याएका सामाजिक ब्यक्तित्वका साथै विभिन्न संस्थाको प्रतिनिधिहरु द्वारा बधाई तथा शुभकामना मन्तव्य राखिने कार्यक्रम रहेको जानकारी सम्पर्क समिति बिभागका संयोजक केशम राम राईले दिनु भयो । नेपाली समुदायको हीतको निमित्त रक्तदान कार्यक्रममा बिक्शेष सहयोग, PPE बितरण कार्यक्रममा सहयोग, हरेक हप्ता खाना बितरण, खेलाडिहरुको प्रोत्साहनको निमित्त खेलकुद सामग्री बितरण, सर्वसाधारणहरुको निमित्त कपडा बितरण जस्ता कार्य गर्नुका साथै ज्याक्सन हाईट्सको ८९ स्ट्रिट र ३४ एभिन्युमा भएको ठुलो आगलागिको समय सबै भन्दा पहिले उद्गारमा पुगि पिडितहरुलाई आबश्यक सामग्रीको सहयोगार्थको साथै होटलमा बसोबासको ब्यबस्थाको निमित्त ठुलो सहयोग पुर्याउनु भएको थियो ।
एल्महर्स्ट अस्पतालले Covid 19 को जोखिमबाट बच्न सफल भएका र अग्रपंक्तिमा रहेका सामाजिक कार्यकर्ताहरुलाई सम्मान गर्नु साथै मृत आत्माको शान्तिको लागी दिप प्रज्वलन कार्यक्रम, सरसफाई कार्यक्रम, “Stop Asian Hate” शान्ति र्यालीको मुल आयोजकका साथै नेपालि समुदायहरुलाई पनि आयोजक कमिटिमा राखिएको उक्त कार्यक्रममा १० हजार भन्दा बढीको संख्यामा सहभागी रहेको उक्त कार्यक्रममा ई चेनको महत्वपुर्ण भुमीका रहेको थियो । न्युयोर्क सिटी काउन्सिल सदस्य डिस्ट्रिक्ट २५ को लागी उम्मेदवारी दिएका चिनिया अमेरीकी नागरीक ई चेन (एण्डी) को क्याम्पेन उप-ब्यबस्थापकमा नेपाली मुलका अमेरीकी नागरीक दिपेन्द्र लामा छन् भने नेपाली अमेरीकन जनसम्पर्क बिभाग संयोजकमा नेपाली अमेरीकन केशब राम राई हुनुहुन्छ ।

