निद्रा लाग्दैन ? यी पाँच उपाय अपनाउनुहोस

साउन २२, काठमाडौं । मानिस स्वस्थ हुनका लागि पर्याप्त निद्रा आवश्यक पर्छ। चिकित्सकका अनुसार दैनिक ७–८ घन्टा सुत्नु आवश्यक हुन्छ । यद्यपि मानिसको व्यक्तित्व र आनीबानी अनुसार सुत्ने अवधि फरक हुन्छ ।

लामो समयसम्म शरीरलाई आवश्यक निद्रा नपुगे डिप्रेसन र एन्जाइटी (चिन्ता) हुन सक्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार निद्रा राम्रो बनाउने यी पाँच उपाय अपनाउन सकिन्छ –

१. चाडै सुत्ने
चिकित्सकका अनुसार निद्रा राम्रो बनाउन चाडै सुत्नु आवश्यक हुन्छ। यसका लागि पनि विभिन्न उपाय अपनाउन सकिन्छ। बेलुका तातो पानीमा नुहाउने, लोसन लगाउने, सकेसम्म कम कपडा लगाएर सुत्ने, सुत्ने आसन परिवर्तन गर्ने र सुत्नुभन्दा एक दुई घन्टाअगाडि बत्ती बन्द गर्ने।

२. दैनिक सन्तुलित भोजन खाने
सन्तुलित भोजनले राम्रो निद्रा लगाउन मद्दत गर्छ। चिकित्सकका अनुसार राम्रो निद्राका लागि सन्तुलित भोजनसँगै खानपान व्यवस्थित हुनु आवश्यक छ। यसका लागि यी उपाय अपनाउन सकिन्छ।

राति सुत्नुभन्दा तीन घन्टाअघि नै खाना खाने, भोकै पेट नसुत्ने, दिउँसो र बेलुका क्याफिन (कफीमा पाउने एक पदार्थ) युक्त खानेकुरा नखाने, तातो दूध र चिया पिउने, सुत्नुभन्दा एक घन्टाअघि पानी नपिउने र अल्कोहल सेवन नगर्ने ।

३. सुत्ने कोठा सफा र चिटिक्क बनाउने
सुत्ने कोठा सफा र चिटिक्क बनाउन सक्यो भने राम्रो निद्रा लगाउन मद्दत पुग्छ । यसका पनि विभिन्न उपायहरू अपनाउन सकिन्छ । सुत्ने कोठा सुत्ने बेला मात्रै प्रयोग गर्ने, सफा गर्ने, आकर्षक बनाउने, म्याट्रेस मेन्टेन गर्ने र नयाँ किन्दा विचार पुर्याउने ।

४. दैनिक कार्यतालिका परिवर्तन गर्ने
दैनिक कार्यतालिका परिवर्तन गरेर पनि निद्रा सहज बनाउन सकिन्छ । यसका लागि विभिन्न विधि छन् । दैनिक एकै समयमा सुत्ने र उठ्ने, सुत्ने तालिका विकास गर्ने, सुत्नुअगाडि लामो तथा गहिरो श्वास लिने र दैनिक व्यायाम गर्ने ।

५. चिकित्सकसँग परामर्श गर्ने
कतिपय अवस्थामा जतिसुकै प्रयास गर्दा पनि निद्रा लाग्दैन । त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गरी औषधी सेवन गर्नु उपयुक्त हुन्छ। तर, चिकित्सकको परामर्श्बिना भने औषधी सेवन गर्नु उपयुक्त हुँदैन ।

–एजेन्सीको सहयोगमा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.