साउन २१, काठमाडौं । त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘रेनी’ को ट्रेलर र मलाई नाइँ नाइँ बोलको गीत सार्वजनीक गरिएको छ । भदौ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको आइतबार राजधानीमा प्रेसमिट गरि गीत र ट्रेलर देखाइएको हो ।
बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको फिल्मको सो गीतमा नवअभिनेत्री सनम मल्ल र अभिनेता दिपक ढकाललाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी मदन खड्काले गरेका हुन् । गिरिश रिजालको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल,सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल,टंक डुम्रे,गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारले अभिनय गरेका छन् ।
निर्मात्री बिमलाले निकै मिहीनेतका साथ राम्रो फिल्म बनाएकाले सफल हुनेमा आफूहरु बिश्वस्त रहेको बताइन् । उनले आफूहरु फिल्म क्षेत्रमा नयां भए तापनि फिल्म चाहिं परिपक्क बनेको उल्लेख गरिन् ।

