फागुन २, काठमाडौं । नेपाल राष्ट्र बैंकले तत्काल ऋण धितो मूल्यांकन अनुपातमा पुनरावलोकन नगर्ने भएको छ । समग्रमा नीतिहरुले राम्रोसँग काम गरिरहेको र अर्थतन्त्रलाई सघाइरहेकाले तत्काल ऋण धितो मूल्यांकन अनुपातमा पुनरावलोकन नगरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।
तर, ऋण धितो “तर, यदिपछि अर्को क्वाटरसम्म परिवर्तन गर्नुपर्ने अवस्था देखियो भने परिमार्जन गर्न सक्छौं,” उनले भने । गभर्नर अधिकारीले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी सीमा बढाउने, क्यूआर कोडलगायत विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने नीति लिइएको बताए ।

