अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने

माघ ९, काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ ।

क्यापिटलले डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो सम्बोधन गर्दै एक घण्टामै घाटा बनिसक्ने व्यवस्था गरेको हो । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा छ । एनआईसी एशिया अनलाइन डिम्याट सेवामा माघ मसान्तसम्म अनलाइनमार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणलाई डिम्याट खाता निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध हुनेछ ।

यो सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.