मलेसियामा एक वर्षभित्र २७५ जना नेपालीको मृत्यु

पुस २७, काठमाडौँ । मलेसियामा एक वर्षमा पौने ३०० जनाले विभिन्न कारण ज्यान गुमाएका छन् । रोजगारीको सिलसिलामा मलेसिया गएका २७५ नेपाली श्रमिकले ज्यान गुमाएका हुन् ।

सन् २०२० को जनवरीदेखि डिसेम्बर अन्त्यसम्म२७५ जना नेपाली श्रमिकले ज्यान गुमाएको मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी प्रकाश पन्थीले जानकारी दिए । दूतावासले साप्ताहिक रुपमा गर्ने फेसबुक लाईभ कार्यक्रममा बोल्दै सहचारी पन्थीले आत्महत्या, सडक दुर्घटना, विभिन्न कम्पनीहरुको भित्र दुर्घटना, विभिन्न स्वास्थ्य समस्या लगायतका कारणले नेपालीको मृत्यु भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.