संसद् विघटन बदरको माग गर्दै दायर रिट प्रधानन्यायाधीशको एकल इजलासमा

पुस ८, काठमाडौं । संसद् विघटनको निर्णय असंवैधानिक भन्दै दायर रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा पेसी चढेको छ ।

आइतबार संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट दायर भएका छन् । नेकपाकै सांसद्हरूले दायर गरेका रिटसहित कानुन व्यवसायीले दायर गरेका रिट आज पेसी चढेका हुन् । संसद् विघटन असंवैधानिक भन्दै दायर रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाइएको छ । ११ वटा रिट राणाको इजलासमा पेसीमा परेको छ । संवैधानिक इजलासमा पठाइएको एउटा रिटको पेसी भने शुक्रबारलाई तोकिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.