उद्योग वाणिज्य महासंघका विभिन्न समिति र फोरममा सभापति नियुक्त

मंसिर २७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको गत मंसिर ११, १२ र १३ गते भएको ५४ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले महासंघका विभिन्न समिति र फोरममा सभापति नियुक्त गरेको छ । महासंघ पदाधिकारीको शुक्रबार बसेको बैंठकले समिति र फोरमका सभापतिहरु नियुक्त गरेको महासंघले जनाएको छ ।

बैंठकले महासंघका विधान अनुसार विभिन्न समितिको सभापतिहरु नियुक्त गर्दै महासंघले प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतमा रहेको मेलमिलाप केन्द्रमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई पठाउने निर्णय गरेको छ ।

बैठकले घरेलु तथा साना उद्योग समितिको सभापतिमा डिवी वस्नेत, सिप सचेतना तथा तालिम विकास समितिको सभापतिमा हेमराज ढकाल, बैंक फाइनान्स तथा इन्स्योरेन्स समितिको सभापतिमा साहिल अग्रवाल, सूचना तथा संचार समितिमा मंगेशलाल श्रेष्ठ, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन कमिटिमा आनन्द बगडिया र उद्योग कमिटिमा भरत आचार्यलाई नियुक्त भएका छन् ।

त्यस्तै, व्यापार समितिको सभापतिमा विजय सिंह बैद्य, स्थानीय अर्थ विकास कमिटिमा सुरकृष्ण बैद्य, स्थल यातायात कमिटिमा प्रकाश सिंह कार्की, कर तथा राजस्व समितिमा सन्दिप अग्रवाल र स्टार्टअफ तथा इनोभेशन समिति गठन गरेर सो समितिको सभापतिको जिम्मेवारी रञ्जित आचार्यलाई दिइएको छ ।

त्यस्तै, द्वराष्ट्रिय तथा एनआरएन फोरमको सभापतिमा देश बन्धु वस्नेत, एफएनसीसीआई एक्सेलेन्स अवार्ड एण्ड इभेन्टको सभापतिमा राजेश अग्रवाल, फिल्म तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, सामाजिक सेवा फोरमको सभापतिमा राजन श्रेष्ठ नियुक्त भएका छन् ।

यसैगरी महासंघ पदाधिकारीले नयाँ फोरमहरु गठन गर्दै क्यापिटल मार्केट फोरमको सभापतिमा अम्बिकाप्रसाद पौडेल र वैदेशिक रोजगार फोरम गठन गरेर सोको जिम्मेवारी विष्णु गैरेलाई दिइएको छ । महासंघमा रहेको निर्यात, ऊर्जा शहरी विकास तथा मेलाजस्ता समितिको सभापति नियुक्त गर्न भने बाँकी रहेको ती पदमा पनि केही दिनभित्रमा टुङ्गो लगाईने महासंघका एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.